काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम सकिएको छ । आज परिवारलाई शव बुझाइने जनाइएको छ । गत बुधबार भएको बिमानमा १८ जनाको मृत्यु भएको थियो ।
सबै शवको पोष्टमार्टम गरिसकिएकोले सबै रिर्पोट आएपछि आजै परिवारलाई हस्तान्तरण गरिने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका निर्देशक प्राडा दिनेश काफ्लेले जानकारी दिए।
यद्यपि मृतकका आफन्तले भने क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने बताएका छन्। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते अवस्थामा उद्धार गरिएका पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेजमा उपचार जारी छ।