काठमाडौं । गुल्मीमा खोलाले बगाएर बेपत्ता भएका एकजनाको मृत्यु भएको छ ।
मुसिकोट नगरपालिका–२ निवासी ३१ वर्षका बोमबहादुर कार्की निस्ती खोला तर्ने क्रममा साउन ५ गते बेपत्ता भएका थिए।
उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको–४ दोभान स्थित छल्दि खोला किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी शंकर पोखरेलले बताए।
कार्की गत शनिबार बेलुकी इस्मा गाउँपालिका १ निस्ति खेतबाट फर्किएर निस्ति खोला तर्ने क्रममा बेपत्ता भएका थिए।
मुसिकोट नगरपालिका –१ अरेवा घर भई हाल वडानम्बर–२ निस्ति मामाघरमा बस्दै आएका थिए। उनी ख वर्गका फरक क्षमताका रहेको प्रहरीले जनाएको छ।