सुनको मूल्य आज तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ कायम

काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार रु ३०० घटेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यसैगरी तेजाबी सुन तोलामा १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच महासंघले चाँदीका मूल्य शुक्रबार तोलामा १ हजार ७३० रुपैयाँ कायम भएको जनाएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय