काठमाडौं । काठमाडौं उपत्यकाभित्रका सबै पालिका र पालिका मातहतका निकायमा आज सार्वजनिक बिदा हुने भएको छ ।
कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधनको शोकमा काठमाण्डौ उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित कीर्तिपुरका मेयर नकर्मीको उपचारको क्रममा बिहिबार साँझ निधन भएको हो ।