नेप्से आज ११३ अंकले बढ्यो

काठमाडौँ । चालू आव ०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिका व्यवस्थाले पुँजीबजारमा सकारात्मक प्रभाव देखिएको छ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ११३ दशमलव ४२ अंक अर्थात् ४ दशमलव ४१ प्रतिशतले बढेर २ हजार ६८१ दशमलव ५६ को विन्दुमा कायम भएको छ।

आज ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५ सय १७६ कित्ता शेयर १ लाख ६३ हजार ८१० पटक खरिदबिक्री हुँदा १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा लघुवित्त समूह शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै बैंकिङ समूह ९ दशमलव ८९ प्रतिशतले बढेको छ।

लगानी समूह पाँच दशमलव ७५ र विकास बैङ्क समूह चार दशमलव ८७ प्रतिशतले बढेको छ। आज एक दर्जन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सकारात्मक सर्किट लाग्नेमा अधिकांश वाणिज्य बैंक छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय