पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर, ९ महिना कैद र ६९ लाख १५ हजार जरिवाना

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीलाई ९ महिना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना हुने फैसला सर्वोच्च अदालतले गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले उनलाई उक्त सजाय सुनाएको हो। इजलासले ताराराज पाण्डे र वासुदेव पन्तलाई भने सफाइ दिएको छ। दिनेशराज जोशीको भने पुनरावेदन जिकिर नपुग्ने इजलासले ठहर गरेको छ।

यसअघि गत असार २० गते सोही इजलासले दुवै पक्षको सुनुवाइ सकेर निर्णय सुनाउने मिति आजका लागि तोकेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० सालमा पूर्वमन्त्री जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए। विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका थिए।

विशेष अदालतले जोशीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहरसहित २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जफत र त्यति नै रकम जरिवाना हुने फैसला गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर