संसदीय सुनुवाइ समितिबाट प्रस्तावित आयुक्त अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित आयुक्तलाई अस्वीकृत गरेको छ । सोमबार संवैधानिक परिषद्बाट सिफारिस भएर सुनुवाइका लागि आएका कृष्णमान प्रधानलाई सुनुवाइ समितिले अस्वीकृत गरेको हो । प्रधानलाई परिषद्ले निर्वाचन आयोगमा रिक्त रहेको आयुक्त पदमा सिफारिस गरेको थियो ।

सुनुवाइ समिति सभापति पशुपति शमशेर राणाले दिएको जानकारीअनुसार उनलाई समितिमा सर्वस्वीकार्य रूपमा अस्वीकृत गरेको हो ।

असार ५ मा परिषद्ले प्रधानलाई सिफारिस गरेको थियो । त्यसपश्चात सुनुवाइका लागि समिति पुगेको उनको नाममा उजुरी आएको थियो ।

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो । प्रधानले जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक–पटक यौनशोषण गरेको उजुरी उनीविरूद्ध परेको थियो । ती उजुरीकर्ताले यौन दुर्व्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे पनि एक करोड २५ लाख रुपैयाँमा मिलापत्र गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय