वाग्मती प्रदेशका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिने

काठमाडौं । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।

विश्वासको मत लिन मुख्यमन्त्री लामाले तीन दिनअगाडि नै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए । प्रदेशसभाको बैठक दिउँसो ३ बजे बस्दै छ ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय