बागमती प्रदेशका मुख्यमन्त्री लामालाई विश्वासको मत प्राप्त

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री लामाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा उपस्थित १०३ जना प्रदेशसभा सदस्यमध्ये ६४ मत परेको थियो।

प्रस्तावको विपक्षमा ३५ र तटस्थमा ३ मत परेको सभामुख भुवनकुमार पाठकले जानकारी दिए। विश्वासको मतका पक्षमा सत्ता गठबन्धन दल नेपाली कांग्रेसका ३७ र नेकपा एमालेको २७ गरी जम्मा ६४ मत खसेको हो।

विपक्षमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपाका प्रदेशसभा सदस्यले मतदान गरेका थिए भने नेपाल मजदुर किसान पार्टीका ३ जना तटस्थ बसे।

बैठकमा हाम्रो नेपाली पार्टीको २ र राप्रपाका ५ गरी ७ जना अनुपस्थित रहेका थिए। बागमती प्रदेशसभा ११० सदस्यीय छ।

प्रदेशसभाको अर्को बैठक भोलि साउन १६ गते अपराह्न १ बजे बस्नेगरी सभामुख भुवनकुमार पाठकले बैठक स्थगित गरे।

प्रतिक्रिया

सम्बन्धित खवर