काठमाडौैं । काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा गएराती ठुलो वर्षा भएको छ ।
यस्तै बिहानसम्म भएको वर्षाले बाटो हिलाम्मे बनाएको छ । अहिले भने वर्षा रोकिएर घाम लागिरहेको छ । तर गएराती कै वर्षाका कारण विभिन्न स्थान डुवानमा परेको छ बाढीमा फसेका विभिन्न स्थानका ७४ जनाको प्रहरीले उद्धार गरेको छ ।
वर्षापछिको बाढी ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयमा पसेको छ। बागमती नदीमा बाढी आउँदा एमालेको मुख्यालय जलमग्न भएको हो। बाढीका कारण सडक हिलाम्मे हुँदा यो क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ।