संविधान दिवसका दिन विभिन्न जेलमा रहेका ६०१ कैदीको कैद मिनाहा गर्ने तयारी

काठमाडौँ । संविधान दिवसका दिन देशका विभिन्न जेलमा रहेका ६०१ कैदीलाई कैद मिनाहाको प्रस्ताव अगाडि बढाउने तयारी गरिएको छ ।

आज बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कारागार व्यवस्थापन विभाग महानिर्देशक जयनारायण आचार्यले असल चालचलनका आधारमा ६०१ कैदीलाई कैद माफीको प्रस्ताव अघि बढाउन लागिएको जानकारी दिए ।

देशका ७२ जिल्लाका ७५ कारागारमा हाल २८ हजार ६१३ कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय