हमासका प्रमुख नेता इस्माइल इजरायली कारबाहीमा मारिए

एजेन्सी । हमासले आफ्ना प्रमुख नेता इस्माइल हानिया इजरायली कारबाहीमा तेहरानमा मारिएको जनाएको छ।

हमासले एक विज्ञप्ति जारी गर्दै उनको मृत्यु भएको पुष्टि गरेको हो। हमासका अनुसार तेहरानमा आफ्नै निवासमा भएको बेला इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो।

हमासका अनुसार हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसूद पेजेस्कियानको पदभार ग्रहण गर्ने समारोहमा सहभागी हुन इरान गएका थिए। उनको अर्को नाम अबु अल-अब्द हो। उनको जन्म प्यालेस्टिनी शरणार्थी शिविरमा भएको थियो। उनी सन् २००६ मा प्यालेस्टाइनको प्रधानमन्त्रीको रूपमा नियुक्त भएका थिए। इजरेल-गाजा युद्धका क्रममा उनी कतारमा बस्दै आएका थिए।

सन् १९८९ मा इजरेलले उनलाई तीन वर्ष जेलमा राखेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय