फेरि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ४९ हजार नाघ्यो

काठमाडौँ । नेपाली बजारमा बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४७ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार बढेर कारोबार भएको हो।

यस्तै तेजाबी सुन तोलामा १ लाख ४८ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ७८० रुपैयाँमा कायम भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८०० रुपैयाँ कायम भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय