काठमाडौं। नेकपा एमालेले उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गरेको छ। आज बसेको एमाले सचिवालय बैठकले बराललाई रिक्त रहेको उपाध्यक्ष पदमा मनोनयन गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो। बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए ।
त्यस्तै एमालेले दुई जनालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बैठकले नेता मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटी सदस्य नियुक्त गरेको हो।