अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेद्वार चयनका लागि मतदान जारी

एजेन्सी । अमेरिकामा डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेद्वार चयनका लागि मतदान भइरहेको छ । यसमा उपराष्ट्रपति कमला ह्यारिसको जित निश्चित जस्तै छ ।

डेमोक्रेटिक पार्टीका प्रतिनिधिहरूलाई अगस्ट ६ को बिहान ४ बजेसम्म राष्ट्रपतिको उम्मेद्वार चयनका लागि मतदान समय सीमा निर्धारण गरिएको छ ।

कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बन्नका लागि डेमोक्रेटका ४ हजार प्रतिनिधिमध्ये १९ सय ७६ मत आवश्यक पर्छ । अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिको उम्मेदवारीका लागि कमलाको नाम आएपछि अमेरिकी चुनावमा डेमोक्रेटिक पार्टीको प्रदर्शनमा सुधार आएको छ ।

मर्निङ कन्सल्ट पोलका अनुसार ७ महत्वपूर्ण राज्यमध्ये कमला ४ मा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा अगाडि छिन् । ह्यारिसले रोयटर्स र इप्सोसको सर्वेक्षणमा पनि ट्रम्पलाई पछि पारेकी छन् । अर्कोतर्फ कमलाले डेमोक्रेटिक पार्टीमा पनि आफ्नो प्रभाव बढाएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर