सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

मुख्यमन्त्री सोडारीको अनुरोधमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठकको कार्यसूची निर्धारण गरेको थियो। तर सोडारीले मन्तब्यका क्रममा विश्वासको मत विभाजनमा नगई मार्ग प्रशस्त गरेको घोषणा गरेका हुन्। उनी २०८१ वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए।

उनी एमाले र नागरिक उन्मुक्तिको समर्थनमा मुख्यमन्त्री बनेका थिए। केन्द्रमा गठबन्धन फेरिएसँगै असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। उनले आफुलाई मुख्यमन्त्री नियुक्त गर्न सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय