सीता परियारको तीज गीत ‘माइतीघर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । महिलाहरुको महान पर्व हरितालिका तीज आउन अब करिव एक महिनामात्रै बाँकी छ । तीज नजिकिएसंगै तीजसँथ सम्बन्धित गीतहरु बजारमा आइरहेका छन् ।

तर पछिल्लो समय तीजका गीतमा संकृति हराउँदै गइरहेको छ भने विकृती भित्रिएको छ । यहिबिचमा राम्रा गीतहरु पनि आइरहेका छन् । तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ ।

गायिका सीता परियारले गाएको गीतमा तीज नजिकिँदै गर्दा चेलीले महसुस गर्ने भावनालाई समेटिएको छ । तीजसँग जोडिएको मौलिकता झल्किने यस गीतको शब्द र सङ्गीत पूर्ण परियारले तयार गरेका हुन् । गीतको सार्वजनिक श्रव्यदृश्यमा स्मारिका ढकालले अभिनय गरेकी छन् ।

उक्त श्रव्दृश्यमा तीजको हर्षोल्लासका साथै चेलीको वेदनालाई पनि प्रस्तुत गरिएको छ । श्रव्यदृश्यमा मुकेश नेपालीले नृत्य निर्देशन, अजय रेग्मीले छायाङ्कन, अमृत चापागाईँले सम्पादन र विशाल घिमिरेले निर्देशन गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय