कांग्रेस र एमालेको सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि: प्रकाशमान सिंह

काठमाडौं । शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले अहिलेको सरकार राजनीतिक स्थिरता र स्थायित्व दिनका लागि बनेको बताए।

उनले राजनीतिक स्थिरता र स्थायित्वको जगमा आर्थिक परिवर्तन गर्ने पनि बताए। उनले सामाजिक परिवर्तनका लागि पनि सरकार प्रतिबद्ध रहेको बताए। उनले विगतमा झैँ अहिले पनि साथ र सहयोग गर्न आग्रह गरे। उपप्रधानमन्त्री सिंहले सबैले साथ र सहयोग गरे आर्थिक विकास र समृद्धि सम्भव रहेको पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर