एमालेमा गुटबन्दी स्वीकार्य छैन : प्रधानमन्त्री ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी स्वीकार्य नभएको बताएका छन् ।

नेकपा एमालेले आयोजना गरेको केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै, ओलीले संविधान संशोधनविरुद्ध भ्रम फैलाउनेहरू मुलुकमा क्रियाशील रहेको बताएका छन्।

माओवादी केन्द्र लगायतका प्रतिपक्ष दलहरूले प्रतिगमनका लागि काँग्रेस–एमालेले संविधान संशोधनको विषय उठाएको भन्दै आलोचना गरिरहेका बेला ओलीले आफूहरूले स्टन्टबाजीको रूपमा काम नगर्ने बताएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर