काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने बताएका छन् ।
आइतवार नेपाली काँग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले पार्टीलाई आस्था र निष्ठाको केन्द्र बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
महामन्त्री थापाले पार्टीभित्र भएका गल्ती तथा कमजोरीलाई सच्याएर अग्रज नेता तथा कार्यकर्ताले भरोसा गर्ने ठाउँमा पार्टीलाई पु¥याउने बताए । उनले पार्टीले गर्ने निर्णयलाई शुद्ध र पवित्र राख्ने पनि बताउए । उनले पार्टीभित्रको शुद्धिकरणको विषयलाई पनि आफूहरुले गम्भीरतापूर्वक लिएको बताए।
महामन्त्री थापाले पार्टीले नेपाली काँग्रेसको कठिन समयमा पार्टी तथा आन्दोलनलाई जोगाउन भूमिका खेल्नुहुने अग्रजलाई सम्मान गर्ने बताए ।