काठमाडौँ । काभा महिला नेसन्स लिगमा नेपालले पहिलो हार बेहोरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा इरानले नेपाललाई ३-२ सेटमा पराजित गर्दै महत्वपूर्ण जित हात पारेको हो।
लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपाललाई हराउँदै इरानले ७ अंक बनाएको छ। नेपालले इरानविरूद्ध शुरूवात राम्रो गर्न सकेन। तालमेल नै मिलाउन नसक्दा नेपाल कमजोर बन्यो। नेपालले पहिलो सेट १६–२५ ले गुमायो। तर दोस्रो सेटमा नेपालले शानदार शुरूवात गर्दै ७–० को अग्रता बनायो। यही अग्रतालाई निरन्तरता दिँदै दोस्रो सेट २५–१६ ले जितेर खेल १–१ को बराबरीमा ल्यायो।
तेस्रो सेटको शुरूवातमा नेपालले ७–२ को अग्रता बनाए पनि त्यसलाई निरन्तरता दिन सकेन। इरानले ९–९ को बराबरीमा पुर्याएपछि यो सेट प्रतिष्पर्धात्मक बन्यो। इरानले तेस्रो सेट २५–२३ ले जित्यो र खेलमा २-१ सेटको अग्रता बनायो।
चौथो सेटमा नेपाल सम्हालिने प्रयास गर्यो। ११–८ को अग्रता लिएपछि नेपालले यो अग्रतालाई बढाउँदै लग्यो र सहजै चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पार्दा खेल २-२ को बराबरीमा पुग्यो।