काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् ।
आज बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कँडेलको पक्षमा नेकपा एमालेका नौ र नेपाली कांग्रेसका १४ गरी २३ जना सांसदले मत दिए । यस्तै उहाँको प्रस्तावको विपक्षमा नेकपा माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका एक गरी १४ जना सांसदले मत दिए । ४० सदस्यीय प्रदेश सभामा सरकार बनाउनका लागि २१ सिट चाहिन्छ ।
मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन् । साउन ७ गते सत्ता साझेदार दल माओवादीले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् ।