काठमाडौं । पेरिस ओलम्पिक अन्तरगत फुटबलको स्वर्ण पदकका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन्।
सोमबार राति भएको सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २-१ ले पराजित गर्दा अर्को खेलमा फ्रान्सले इजिप्टलाई ३-१ ले हरायो।
सन् २०२० मा सिल्भर मेडल जितेको स्पेन सेमिफाइनलको पहिलो हाफमा १-० ले पछि परेको थियो। तर दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्न सफल भयो। पहिलो हाफमा मोरक्कोले अग्रता दिलाउँदा सौफियान रहीमले ३७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै प्रतियोगितामा छैटौं गोल पुरा गरे।
तर खेलमा दोस्रो हाफमा स्पेनले गोल फर्कायो। बार्सिलोनाका स्टार फर्मिन लोपेजले ६५ औं मिनेटमा बराबरी गोल गरेका थिए।