काठमाडौं। मन्त्रिपरिषदको बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले सााझ ५ बजे बस्ने गरी बैठक बोलाएको सचिवालयले जनाएको छ।
हरेक सोमबार बैठक बस्ने भएपनि हिजो प्रधानमन्त्री काठमाडौं-तराई द्रुतमार्ग निरीक्षणको क्रममा मकवानपुर गएकोले बैठक आजका लागि सारिएको सचिवालयको भनाइ छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने बैठकमा केही नियुक्ति तथा बढुवाको सम्भावना पनि रहेको छ।