काठमाडौं । केही दिनयता लगातारजसो बढ्दै आएको सेयर बजारमा मंगलबार भारी गिरावट देखिएको छ। सोमबार ४० अंक बढेर २८ सय बिन्दु नजिक पुगेको सेयर बजार परिसूचक नेप्से मंगलबार १४५ अंकले ओरालो लागेको हो।
१४५.०५ अंकले घटेको नेप्से परिसूचक २६५१.३२ विन्दुमा आएर रोकिएको छ। शेयर कारोबार भने झण्डै २४ अर्ब नजिक पुगेको छ। मंगलबार ५ करोड ३८ लाख ४४ हजार २ सय ३७ कित्ता शेयर किनबेच हुँदा २३ अर्ब ७१ करोड ६७ लाख १६ हजार ८ सय ७४ रुपैयाँको कारोबार भएको छ। यो अहिलेसम्मकै सर्वाधिक हो।
मंगलबार कारोबार आएका २४२ मध्ये ८ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ।