बंगलादेशको अन्तरिम सरकार प्रमुखमा युनुस नियुक्त

एजेन्सी । बंगलादेशमा मुहम्मद युनुस अन्तरिम सरकार प्रमुख नियुक्त भएका छन्। मंगलबार राष्ट्रपति मुहम्मद शाहबुद्दिनले उनलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेका हुन्। आन्दोलनरत विद्यार्थीको मागअनुसार नै राष्ट्रपति शाहबुद्दिनले ८४ वर्षीय युनुसलाई अन्तरिम सरकार प्रमुख नियुक्त गरेको द न्युयोर्क टाइम्सले जनाएको छ।

आन्दोलनरत विद्यार्थीहरूको नेतृत्व गरिरहेका नहिद इस्लाम र सेना प्रमुखसहित मंगलबार राष्ट्रपति शाहबुद्दिनसँग बैठक गरेका थिए। लगत्तै युनुसलाई सरकार प्रमुख नियुक्त गरिएको हो।

अब बंगलादेशमा उनकै नेतृत्वको अन्तरिम सरकारले विद्यार्थी आन्दोलनका मागहरू सम्बोधनका लागि काम गर्नेछ। अन्तरिम सरकारमा रहने अन्य सदस्यहरूको नाम केही दिनमा घोषणा हुने बताइएको छ।

युनुसले सन् २००६ को नोबल पुरस्कार पाएका थिए। उनले बंगलादेशमा माइक्रोफाइनान्सको अवधारणा सुरूवात गरेका थिए।

उनी शेख हसिनाका कट्टर विरोधीसमेत मानिन्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय