हेलिकप्टर दुर्घटना छानविन गर्न सरकारद्वारा आयोग गठन

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका सूर्यचौरमा भएको हेलिकप्टर दुर्घटना छानविन गर्न सरकारले आयोग गठन गरेको छ ।

बुधबार अपराह्न बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाबारे छानविन गर्न आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको बताए । उनले आयोगको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल रहेको उल्लेख गरे । उनले बुधबार दिउँसो काठमाडौंबाट रसुवाको स्याफ्रुबेंसीका उडेको एयर डाइनेष्टीको नाइन एन–एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटना हुँदा एक जना नेपाली र चार जना चिनियाँ नागरिकको मृत्यु भएको जानकारी दिए ।

उहाँले हेलिकप्टर दुर्घटनाबारे छानबिन गरी प्रतिवेदन पेस गर्न आयोगलाई ३० दिनको समय दिइएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर