बागलुङ बडिगाडमा गएको पहिरोमा परेका तीन बालबालिका अझैं भेटिएनन्

बागलुङ । बडिगाड गाउँपालिका १० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीन बालबालिकाको अवस्था अझै अज्ञात छ।

सात वर्षीया मधु र १० वर्षीय मनोज बुढा तथा ११ वर्षका सुमन थापा अझै फेला नपरेका हुन्। नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूको खोजी गरिरहेको छ।

गम्भीर घाइते भएका १० जनामध्ये १९ वर्षीया रिमा पुन, ३१ वर्षीया सीता थापा र ४६ वर्षीया सङ्गीता बुढाको काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। झब्रिखेत बस्ती जोखिममा यसैबीच, सडक निर्माणसँगै झब्रिखेतमा पहिरो खस्न थालेको छ। त्यहाँ निरन्तर पहिरो खसेपछि जैमिनी नगरपालिका(१ कुश्मीशेराको बस्ती जोखिममा परेको छ।

कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा हुँदै बलेवा अमलाचौर जोड्ने सडक विस्तार भएको स्थानमा पहिरो खस्न थालेको हो।

पहिरोका कारण स्थानीय दीपक पौडेलको परिवार विस्थापित भइसकेको छ भने रेशमलाल आचार्य, राजेन्द्र आचार्यलगायत स्थानीयका घर जोखिममा छन्।

प्रतिक्रिया

सम्बन्धित खवर