बंगलादेश सरकारका प्रमुख युनुसलगायतले लिए शपथ

ढाका : बंगलादेशमा नयाँ अन्तरिम सरकारका प्रमुख डा. मुहम्मद युनुस र अन्य सदस्यहरूले राष्ट्रपति मोहम्मद शहाबुद्दीनसँग बिहीवार राति पद र गोपनीयताको शपथ लिएका छन्।

विद्रोह चर्किँदै गएपछि अवामी लीगकी नेता शेख हसीनाले सोमवार राजीनामा दिएर भारत प्रस्थान गरेकी थिइन्। युनुसलाई अन्तरिम सरकारका प्रमुख बनाउनुपर्ने माग त्यहाँका विद्यार्थी संगठनले उठाएका थिए।

उनीहरूले युनुसबाहेक अरूलाई सरकार प्रमुख स्वीकार्य नहुने भन्दै सेना र राजनीतिक दलहरूलाई चेतावनी दिएका थिए। विद्यार्थीहरूको यस्तो दबाव बढ्दै गएपछि फ्रान्समा रहेका युनुस बिहीवार दिउँसो मात्रै ढाका विमानस्थलमा अवतरण गरेका थिए।

उनले त्यहाँ सुरक्षाबलका प्रमुख, नागरिक समाजका सदस्य र विद्यार्थी नेताहरूसँग छलफल गरेका थिए। विमानस्थलमा नै युनुसको सरकारमा सहभागी हुने सल्लाहकारको नाम तोकिएको थियो।

अन्तरिम सरकारका बारेमा सेना प्रमुख जनरल वाकर-उज-जमानले शुरुमा १५ सदस्यीय हुने बताएका छन्। यसमा १-२ जना बढी पनि हुनसक्ने उनले जानकारी दिएका छन्। अन्तरिम सरकारका प्रमुख सल्लाहकार युनुस प्रधानमन्त्री सरह रहेको र अन्य सल्लाहकार मन्त्री बराबर रहने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय