काठमाडौं। गृहमन्त्री रमेश लेखकले अहिलेको टीआरसी विधेयक पीडितमैत्री रहेको दाबी गरेका छन् ।
आज ‘टीआरसी विधेयकमा भएको ऐतिहासिक उपलब्धिः ऐन कार्यान्वयनमा द्वन्द्व पीडितहरूको सहभागिता’ विषयक अन्तरक्रियामा बोल्दै उनले सबै पीडितलाई एक ठाउँमा लिएर समस्या समाधान गर्नुपर्ने बताए ।
गृहमन्त्री लेखकले कानुन जस्तोसुकै भएपनि कार्यान्वयन गर्ने निकाय सक्षम हुन आवश्यक रहेको बताउँदै सबैभन्दा बढी कैदीबन्दी जबरजस्ती करणीका रहेको स्पष्ट पारे । उनले बलात्कारका घटना बढेकाले यसको सजाय कम नहुने प्रतिवद्धता गरे ।