काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेस र एमालेबीचको वर्तमान गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक भेलामा उनले सरकार लामो समय नचल्ने जिकिर गरे ।
सरकारमा भएर पनि कांग्रेस–एमालेपंक्तिको मनोबल खस्किएको उनले उल्लेख गरे । दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार हनिमुन अवधि (१०० दिन) कटाउन मुस्किल रहेको बताउन थालेको उनको भनाइ थियो ।
आफूहरूको प्राथमिकतामा सरकार नरहेको उनले बताए । तर, चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनले जिकिर गरे ।
“