सरकारले प्रतिवद्धताअनुसार काम गरेको छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकारले प्रतिवद्धताअनुसारका काम गर्दै गएको दाबी गरेका छन् ।

आज आइतबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यस वर्ष अत्यधिक वर्षा भइरहेको भएपनि तुलनात्मक रुपमा क्षति कम भएको बताए । उनले विपद् पूर्वतयारीका कारण क्षति कम भएको बताए । उनले पूर्वसूचना प्रणालीका कारणले, पूर्वतयारीका कारणले, जनधनका क्षति हामी न्यून हुँदै गएको बताए ।

उनले आगामी पनि प्रतिबद्धता बमोजिम काम गर्दै जाने प्रतिबद्धता दोहोर्याए । रात्रि बस चल्न दिने÷नदिने बारेमा पनि सरकार छलफलमा रहेको बताए । उनले विकास गर्दा विकासको आधारभूत मापदण्ड अपनाउनुपर्ने बताए ।

उनले भने ‘अहिले केही प्रतिवद्धताअनुसारका कामहरु हुँदै गएका छन् । प्रतिबद्धता बमोजिम काम गर्दै जाने फेरि म प्रतिबद्धता जनाउँछु । सिमलतालमा घटना भयो, रात्रि बस चल्न नदिए हुन्थ्यो भन्ने पनि विचार आएको छ । यसका बारेमा पनि हामी गम्भीरतापूर्वक छलफल गर्नेछौँ । हामीले विकास गर्दा विकासको आधारभूत मापदण्ड अपनाउनु पर्छ ।’

गृहमन्त्री लेखकले जोखिमपूर्ण स्थानको पहिचान गर्ने र त्यसमा प्रहरी परिचालन गरी समयमै सार्ने कुरामा सरकारले विशेष ध्यान दिइरहेको बताए । उनले यातायात प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर