पार्टीको १५औं महाधिवेशन समयमै गर्नुपर्ने कांग्रेस नेता कोइरालाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन समयमै गर्नुपर्ने बताएका छन् । आइतबार केन्द्रीय समिति बैठकमा डा.कोइरालाले लिखित धारणा राख्दै महाधिवेशन लम्ब्याउने प्रपञ्च नगर्न आग्रह गरेका हुन् ।

उनले २०८२ मंसिरमा १५ औं महाधिवेशन गर्ने गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गर्नुपर्ने धारणा राखे ।

‘मेरो आग्रह– सबै केन्द्रीय कार्यसमितिलाई साक्षी राखेर के मात्र छ भने कांग्रेसको १५औं महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ । पार्टीको विधान र नियमावलीमा गर्नुपर्ने संशोधनका लागि अविलम्ब समितिहरू बनाऔँ,’ कोइरालाले भने, ‘१४औं महाधिवेशनदेखि थाती रहेका क्रियाशील सदस्यता लगायतका समस्याहरू तत्काल समाधान गरी २०८२ मंसिरमा १५औं महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस् ।’

कोइरालाले कुनै पनि बहानामा महाधिवेशन सार्ने काम भएमा त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय