हाँस्य टेलिशृंखला ‘सक्किगोनि’ का कलाकार आचार्यसहित ११ जना पक्राउ

काठमाडौं। जुवातास खेलिरहेको अवस्थामा चर्चित कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना पक्राउ परेका छन्। सक्किगोनि’ प्रहरीको इन्स्पेक्टरको भूमिका निर्वाह गर्ने आचार्यसहित उनीहरुलाई काठमाडौं महानगरपालिका-८, गौरीघाटबाट शनिबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ। नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूवअध्यक्ष बीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन।

काभ्रेको बनेपा नगरपालिका-१२ का ४१ वर्षीय राजु महतको गौरीघाटस्थित कोठामा उनीहरू जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ । आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइने प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट नगद एक लाख ७० हजार रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ। उनीहरूलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय