राष्ट्रपतिमा चौथो कार्यकालका लागि कागामेले लिए शपथ

एजेन्सी । रुवाण्डाको राजधानी किगालीस्थित अमाहोरो स्टेडियममा आयोजित समारोहमा नवनिर्वाचित राष्ट्रपति पाउल कागामेले चौथो कार्यकालका लागि रुवाण्डाको राष्ट्रपतिको शपथ लिएका छन्।

आफ्नो उद्घाटन मन्तव्यमा कागामेले समारोहलाई नवीकरण र कृतज्ञताको दिनको रूपमा वर्णन गरे। विगत तीन दशकमा रुवाण्डाको प्रगतिलाई प्रतिविम्वित गर्दै कागामेले अपेक्षाभन्दा धेरै उपलब्धि हासिल भएको उल्लेख गरे।

कागामेले विगत ३० वर्षदेखि काम अघि बढेको बताउँदै अब भविष्यमा ध्यान केन्द्रित भएकोमा जोड दिए।

कागामेले विशिष्ट परिस्थिति र नागरिकका अपेक्षा पूरा गर्न राजनीतिक र शासन प्रणालीलाई अनुकूलन गर्ने आवश्यकतालाई विनम्र स्वीकार गर्न आह्वान गरे। जुलाई १५ मा भएको राष्ट्रपतीय निर्वाचनमा करिब ९० लाख रुवाण्डावासीले मतदान गरेका थिए।

गत महिनाको अन्त्यमा जारी अन्तिम नतिजाअनुसार सत्तारुढ रुवाण्डा प्याट्रियोटिक फ्रन्ट ९आरपीएफ० को प्रतिनिधित्व गर्ने कागामेले ९९।१८ प्रतिशत मत ल्याएर चुनाव जिते। उनी सन् २००३, २०१० र २०१७ को राष्ट्रपति चुनावमा पुनः निर्वाचित भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर