काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई रोजगारी र पैसाको पछि नकुद्न सुझाव दिएका छन् ।
उनले पैसालाई मात्रै सब थोक ठान्न नहुने बताए । उनले पैसाकै लागि विदेश जाने प्रचलन बढ्दै गएको भन्दै युवालाई पैसाको पछि नलाग्न सुझाएका हुन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समयमै बिहे गर्नुपर्ने बताए । ४० कटेसी रमाउने युवाको सोच राम्रो नभएको भन्दै उनले २० देखि ३० वर्षको उमेरमा बिहे गरेर बच्चा हुर्काउनुपर्ने बताए ।
‘४० कटेसी रमाउने भन्ने चलन छ, यसरी भविष्य बन्दैन,’ओलीले भने, ‘पैसा र रोजगारीको पछि लाग्नुहुँदैन, २० देखि ३० वर्षको उमेरमा बिहे गर्नुपर्छ ।’