आफ्ना पिताको स्मृति दिवस ढाकामा मनाउन हसिनाले गरिन् समर्थकलाई अपिल

एजेन्सी । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्ना बुबाको स्मृति दिवस मनाउनका लागि बिहीबार राजधानी ढाकामा उपस्थित हुन समर्थकलाई अपिल गरेकी छिन्।

हाल भारतको शरणमा रहेकी हसिनाले अमेरिकामा रहेका आफ्ना छोरामार्फत विज्ञप्ति जारी गरी यो अपिल गरेकी हुन्। ‘म तपाईँहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु’, उनले भनेकी छिन्।

बंगलादेशको स्वतन्त्रताका नायक मुजिबुर रहमान शेख सन् १९७५ अक्टोबार १५ का दिन सैन्य ‘कू’ मा मारिएका थिए। उनी बंगलादेशका राष्ट्रपिता मानिन्छन्।

यसैबीच गत महिना प्रहरीले एक व्यक्तिको हत्या गरेको आरोपमा बंगलादेशको एक अदालतले हसिना र उनको प्रशासनका शीर्ष छ व्यक्तिविरुद्ध अनुसन्धान शुरु गरेको छ । निजी नागरिकका तर्फबाट मुद्दा ल्याएका वकिल मामुन मियाले भने, ‘शेख हसिना र अन्य छ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।’

मियाका अनुसार महानगरीय अदालतले प्रहरीलाई ‘आरोपित व्यक्तिहरूविरुद्ध हत्याको मुद्दा’ स्वीकार गर्न आदेश दिएको थियो। यो बंगलादेशी कानूनअन्तर्गत फौजदारी अनुसन्धानमा पहिलो कदम थियो। हसिना सत्तामा रहँदा भएको विद्यार्थीको प्रदर्शनका क्रममा ४५० भन्दा बढी मानिस मारिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय