सिन्धुलीमा बोलेरो दुर्घटनामा २ जनाको मृत्यु, ११ घाइते

काठमाडौं । सिन्धुलीमा बोलेरो दुर्घटनामा २ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा सिन्धुलीकै गोलन्जोर गाउँपालिका ६ निवासी करिब ४० वर्षीय पृथ्वी भुजेल र ४२ वर्षीय उदय मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्द काफ्लेले जानकारी दिए।

सिन्धुलीकै तीनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको बोलेरो आज बिहान बजे वीपी राजमार्गमा पर्ने कमलामाई नगरपालिका ४ मा सडकबाट तल खसेर दुर्घटना भएको हो।

घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय