अफ्रिकी देशका केही भागमा स्वास्थ्य आपतकाल घोषणा

एजेन्सी । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले अफ्रिकी देशका केही भागहरूमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

अफ्रिकी मुलुकहरुमा अध्याधिक संक्रामक मानिएको एमपक्स अर्थात मंकीपक्स रोगको संक्रमण दिनप्रतिदिन बढ्दै जानु चिन्ताको विषय बन्दै गएको भन्दै डब्लुएचओले स्वास्थ्य आपतकाल घोषणा गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

मंकीपक्स भनेर चिनिने एमपक्स संक्रमणले प्रजातान्त्रिक गणतन्त्र कंगोमा मात्र ४ सय ५० जना बढीको मृत्यु भइसकेको छ । वैज्ञानिकहरूले पछिल्लो समय मध्य र पूर्वी अफ्रिकाका भागहरूमा संक्रमण फैलिएकोले संक्रमणकै कारण धेरैको ज्यान जानसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

यसैबीच डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिकाभित्र र बाहिर मंकीपक्स फैलिने सम्भावना धेरै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ । यो संक्रमण भएकामध्ये ४ प्रतिशतको मृत्यु हुने गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय