काठमाडौँ । सेयर बजारमा हालसम्मकै उच्च कारोबार हुँदै झण्डै ३० हजार रुपैयाँ रेकर्ड राखेको छ ।
साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार कारोबार खुलेको केही मिनेटमा नै सेयर बजारले ३ हजारको विन्दु क्रस गरेको थियो भने ६ अर्बमाथिको कारोबार भएको थियो ।
अन्तिम समयसम्म तीव्र उतारचढावका बिच अन्ततः नेप्से सूचक ४३.०५ अंकले बढ्दै ३ हजार ८१ विन्दुमा अड्डिन पुगेको छ । यता कारोबार भने २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमाथि भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ ।
बिहीबार बैंकिङ समूहको उपसूचक ५.५६ अंकमाथिले बढ्दा समग्र बजार नै प्रभावित बन्न पुगेको छ । यस्तै डेभलपमेन्ट बैंक समूह, होटल तथा पर्यटन, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड, नन् लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक धनात्मक हुँदा बाँकी ५ वटा उपसूचक मात्र ऋणात्मक भएका छन् ।