काठमाडौं । बिहीबार दिउँसो भक्तपुरको गट्ठाघरमा दुर्घटनामा परेर मृत्यु हुनेमा ओखलढुंगाका ६५ वर्षीय उत्तम कोइराला रहेको पुष्टि भएको छ ।
उनका परिवारका सदस्यले सनाखत गरेका हुन् । उनी ओखलढुंगा चिसंखुगढी गाउँपालिका– खहरे तलुवाका भएको पुष्टि भएको छ ।
काठमाडौंको कपनमा बस्दै आएका उनी हिजो भक्तपुर गएको परिवारका सदस्यलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बिहीबार ट्रकले ठक्कर दिँदा उनको शरीर क्षतविक्षत् अवस्थामा रहेकाले पहिचान हुन सकेको थिएन ।
बिहीबार अपराह्न १ः४० बजेतिर भक्तपुरको गठ्ठाघरमा रुखको आडमा बसेर ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिरहेको थियो । हिजो दिउँसोभरी मृत्यु हुने महिला भनिए पनि सााझमात्रै पुरुष भएको खुलेको हो ।