काठमाडौं। अमेरिकी उपविदेशमन्त्री रिचार्ड बर्मा नेपाल आइपुगेका छन्। उपविदेशमन्त्री बर्मा शुक्रबार बिहान काठमाडौं आएका हुन्। नेपाल बसाइका क्रममा उनले सरकारी अधिकारीहरू र व्यवसायीहरूसँग भेट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री बर्माले नेपाल बसाइका क्रममा सरकारी अधिकारीहरू र व्यवसायीहरूसँग भेट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ। भ्रमणमा उनका साथमा अमेरिकी राष्ट्रपतिका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडस्टा र अमेरिकी ऊर्जा विभागका उपसचिव डेभिड टर्क पनि छन्।