सरकारले काभा महिला भलिबलमा सहभागी १४ खेलाडीलाई जनही तीन लाख दिने

काठमाडौं । सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी १४ खेलाडीलाई जनही तीन लाख दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो ।

त्रिपुरेश्वरस्थिति राखेपको कभर्ड हलमा भएको काभा महिला भलिबल लिगमा नेपाल फाइनलमा भारतसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

नेपाली महिला टिमले समूह चरण र सेमिफाइनलमा गरी प्रतियोगितामा सहभागी इरान, श्रीलंका, भारत र माल्दिभ्सलाई हराएको थियो । समूह चरणको एउटा खेलमा इरानसँग हारेको नेपालले भारतलाई पहिलोपटक पराजित गरेको थियो ।

समूह चरणमा ३–२ को सेटमा भारतलाई हराएको नेपाल फाइनलमा भने भारतसँग ३–२ को हार बेहोर्न पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय