काठमाडौं । नेकपा एसको केन्द्रीय कमिटी बैठक आगामी भदौ दोस्रो साता काठमाडौँमा हुने भएको छ। भदौ ९ गते बिहान ११ बजेदेखि सुरु हुने बैठक भदौ ११ गतेसम्म सञ्चालन हुने महासचिव घनश्याम भुसालले जानकारी दिए।
उनले बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको सपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माणसहितका विषयमा छलफल हुने बताए। गएको असार २० गते महाधिवेशन सकेको एकीकृत समाजवादीले त्यसको एक महिनापछि केन्द्रीय समितिलाई पूर्णता दिएको थियो।
महाधिवेशनबाट ९३ जना केन्द्रीय सदस्य चयन गरेको एकीकृत समाजवादीले पछि केन्द्रीय समिति विस्तार गरेर २ सय ५१ बनाएको छ।