सञ्चारमाध्यमले सही सूचना दिन सकेनन्, बोल्न पनि डर लाग्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सञ्चारमाध्यमले सही सूचना दिन नसकेको टिप्पणी गरेका छन्।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। महामन्त्री थापाले सञ्चारमाध्यमले सही सूचना नदिँदा आफूलाई अभिव्यक्ति दिन पनि डर लाग्ने गरेको गुनासो गरे।

आजभोलि कहीँ गएर बोल्दा डर लाग्ने कारण खुलाउँदै उनले १० मिनेट बोलेको कुरा दर्शकसम्म दश सेकेण्डको मात्रै पुग्ने हुँदा त्यसले आफ्नो भनाइको भाव बोक्न नसक्ने उल्लेख गरे।

महामन्त्री थापाले सामाजिक सञ्जालले पनि एक अर्कामा पीडा थप्ने काम गरिरहेको बताए। उनले राजनीतिभन्दा फरक विषय खोजी गर्नसके सञ्चारमाध्यमहरूको बजार थप हुने दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर