भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने लगायतका माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौँ । काठमाडौंमा आज शनिवार युवाहरुले प्रदर्शन गरेका छन् । भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद खारेज हुनुपर्ने लगायतका माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा युवाको समूह र प्रहरीबिच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र आन्दोलनरत युवाबिच धकेलाधकेल भएको हो ।

राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल भइरहेको छ । विधेयकमा रहेको ‘मुद्दा चलाउने अवधिस् भ्रष्टाचारजन्य कसुरमा त्यस्तो कार्य भएको थाहा पाएको मितिले पाँच वर्षभित्र मुद्दा चलाउनुपर्ने’ प्रावधानमा सत्ताधारी दलहरूबिच नै गहिरो मतभेद देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर