चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने

काठमाडौँ । चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्र आगामी शुक्रवारदेखि नेपालभर एकैसाथ प्रदर्शनमा आउने भएको हो ।

पत्रकार सम्मेलनमा चलचित्रका निर्माता तथा निर्देशक रमित ढुङ्गानाले चलचित्रको बारेमा जानकारी गराएका हुन् । निर्देशक ढुङ्गानाका अनुसार चलचित्रले विशेष गरी तेजाव आक्रमणबाट पीडित भएकाहरूको शारीरिक र मानसिक पीडालाई चित्रण गरेको छ ।

उनले चलचित्रमा एसिड आक्रमण गर्नेलाई आजीवन कैदको सजाय र सहज रुपमा एसिड बिक्री वितरणमा रोक हुनुपर्ने माग पनि प्रस्तुत गरिएको बताए ।

‘नमेटिने घाउ’ नामक यो चलचित्रले समाजमा चेतना फैलाउने उद्देश्य बोकेको र यसलाई सबैले एक पटक हेर्नैपर्ने निर्देशक ढुङ्गानाले बताए । चलचित्रमा तेजाव आक्रमणमा परेका देशभरका ३३ जना पीडितहरूको कथालाई समेटिएको छ । चलचित्रमा १२५ जना कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय