ट्रम्प भन्छन्, कमला ह्यारिसलाई हराउन गाह्रो छैन

एजेन्सी । अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले डेमोक्र्याट उम्मेदवरा कमला ह्यारिसलाई हराउन राष्ट्रपति जो बाइडेनलाई हराउनुभन्दा सहज हुने दोहोर्याएका छन्।​

केहप् सर्वेक्षणहरुले नभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रयाट ह्यारिस अगाडी रहेको देखाएपनि रिपब्लिकन उम्मेदवार ट्रम्पले भने ह्यारिसलाई हराउन रास्ट्रपति जो बाइडनलाई हराउनु भन्दा सहज हुने बताएका हुन्।

अमेरिकी राष्ट्रपति चुनावमा महत्वपूर्ण बन्दै गएको राज्य पेन्सिलभेनियाको उत्तरपूर्वी सहर विल्क्स ब्यार्रीमा भएको एक चुनावी सभालाई सम्बोधन गर्दै रिपब्लिकन उम्मेदवार ट्रम्पले कमला एक र्‍याडीकल अर्थात् पूर्ण राजनीतिक र सामाजिक परिवर्तन चाहने पागल राजनीतिज्ञ रहेको बताएका छन्।

ट्रम्पले ह्यारिसका धेरै विषय र नीतिहरुमा निकै गलत रहेको बताएका छन्। ट्रम्पका अनुसार ह्यारिसले फ्रयाकिङ्ग उद्योगमाथि प्रतिबन्ध लगाउनेबारे राखेको धारणा निकै गलत र अमेरिकी हित विपरित रहेको जनाएका हुन्।

ट्रम्पले ह्यारिसभन्दा निकै आकर्षक देखिने समेत दाबी गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय