काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा पाँचदिने भारत भ्रमणको सिलसिलामा आइतबार नयाँ दिल्ली पुगेकी छन् ।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री राणालाई नेपाली दूतावासका चार्ज डी अफेयर्स सुरेन्द्र थापाले स्वागत गरे ।
परराष्ट्रमन्त्री राणा आइतबार बिहान काठमाडौंबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेकी थिइन् । भारत भ्रमणका समयमा उनले त्यहाँका विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछिन् । साथै, उनी नेपाल–भारत द्विपक्षीय बैठकमा सहभागी हुनेछिन् । मन्त्री राणा ६ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ ।