शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

आज आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश तीर्थराज केसीको इजलासमा झाविरुद्धको मुद्दाको थुनछेक बहस भएको थियो ।

बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो । उनी नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य बिचौलिया रहेको बताइन्छ ।

केसीको झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहसम्म कनेक्सन मिलाएको आरोप छ ।

उनको नाममा २ करोड रुपैयाँको चेक काटिदिएको भेटिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर